डलरको मूल्यमा नयाँ रेकर्ड, कमजोर बन्दै नेपाली मुद्रा

आर्थिक

काठमाडौं । अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको सटही विनिमयदर १२४.२५ रुपैयाँ छ । यस्तै, यसको खरिददर १२३.६५ रुपैयाँ छ । जुन, अहिलेसम्मकै उच्च बिन्दु हो । गएको फागुन २४ गते डलरको भाउ हालसम्मकै उच्च अर्थात् १२३ रुपैयाँ ४४ पैसा पुगेको थियो । त्यसलाई नयाँ रेकर्ड बनाउँदै मंगलबार १२४.२५ पुगेको हो ।

कमजोर बन्दै नेपाली मुद्रा-अमेरिकी डलरको सामू नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी विनिमयदर तोक्दै डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितीमा आइपुगेको जनाएको हो ।

विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना महामारी यता नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै छ । नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा नेपालले विदेशबाट आयात गर्ने वस्तुको बढी मूल्य बढी मूल्य तिर्नुपर्ने हुन्छ ।

यसअघि, गत वर्षसम्ममा एक डलरको सटहीदर ११९ रुपैयाँको हाराहारीमा थियो । जुन, अहिले बढेर १२४ रुपैयाँभन्दा माथि पुगेको छ । यसैगरी, आज एक युरोको सटहीदर १३०.९० रुपैयाँ र खरिददर १३०.२७ रुपैयाँ छ । यस्तै, पाउण्ड स्टर्लिङको सटहीदर १५३.११ रुपैयाँ र खरिददर १५२.३७ रुपैयाँ छ ।

८७.०१ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिददर ८६.५९ रुपैयाँ छ भने ८९.२३ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद मूल्य ८८.८० रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री दर ९.४७ रुपैयाँ र खरिद दर ९.४३ रुपैयाँ छ ।

यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.४७ रुपैयाँ र खरिद मूल्य १८.३८ रुपैयाँ छ भने साउदी रियालको बिक्री दर ३३.१२ रुपैयाँ र खरिद मूल्य ३२.९६ रुपैयाँ छ । ३४.०१ रुपैयाँमा बिक्री भइरहेको कतारी रियालको खरिद दर ३३.८४ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको बिक्री दर ३३.८३ रुपैयाँ कायम हुँदा खरिद दर ३३.६६ रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published.