कतिले दारीलाई फेसनको रुपमा पनि लिने गर्छन् । कतिपय मानिसहरुको सौख दाह्री पाल्ने । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो पुरुषहरु युनिक देखिन वा आफनो स्टायललाई मेन्टेन गर्न पनि दाह्री पाल्ने गर्छन् ।
दारी पाल्ने ले सोच्नु होला ।हालै बैज्ञानिकहरुले कुकुरमा भन्दा दाह्री पाल्ने मानिसहरुमा धेरै हानिकारक किटाणु तथा जीवाणुहरु हुने गरेको निश्कर्ष निकालेका छन् ।अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो। जहा कुकुरहरुमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा भेटिएको उल्लेख छ ।
स्वीजरल्यान्ड हिर्सल्यान्डेन क्लिनिकका प्राध्यापक आन्द्रेस गटजेट र उनको टिमले १८ मानिस र ३० कुकुरमा यस किसिमको अध्ययन गरेका थिए । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो । उनले कुकुरको शरीर र रौँ मा भन्दा मानिसहरुको दाह्रीमा बढी घातक जीवाणुको संख्या भेटिएको बताएका छन् ।