आज मध्यरातिदेखि मदिरा बिक्री वितरण तथा सेवन गर्न नपाउने

समाचार

काठमाडाैं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि म’दि’रा बिक्री र से’व’न गर्न नपाइने भएकाे छ ।माैन अवधिदेखि ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि ज’मदि’रा’ज’न्य प’दा’र्थ बिक्री वितरण बन्द गरिएको काठमाडाैं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा म’दि’रा बिक्री वितरण तथा से’वनमा रोक लगाइएको हाे । जाँ’डर’क्सीलगायत म’दिराज’न्य प’दार्थ से’व’न गरेर शान्ति सुव्यवस्थामा ख’लल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा म’दि’रा से’व’न तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।

उपत्यकाबाहेकका केही जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट नै म’दि’रा बिक्रीमा राेक लगाइसकेका छन् ।मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ। सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । ​

बुद्धजयन्तीमा लुम्बिनीमा प्रधानमन्त्री मोदीले पाँच हजार जनतालाई सम्बोधन, भारतीय मठको शिलान्यास गर्ने-
प्रधानमन्त्री नरेन्द्र मोदीको बुद्धजयन्तीका अवसरमा जेठ २ गते लुम्बिनी दर्शनको तयारी तीव्र रुपमा सुरु भएको छ । प्रधानमन्त्रीलाई लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मित्ते)ले प्रधानमन्त्री मोदीले पाँच हजार क्षमताको हलमा जनतालाई सम्बोधन गर्ने बताउनुभयो ।

जसमा नेपालमा रहेका सबै देशका राजदूतहरुको समेत सहभागिता रहनेछ । यसका साथै करिब एक एकरमा निर्माण भइरहेको भारतीय मठको पनि उद्घाटन गरिने भएको छ ।

प्रधानमन्त्री मायादेवी मन्दिर र अखंड ज्योति दर्शन गरेर कुशीनगर फर्किने योजना छ । प्रधानमन्त्री मोदी चार वर्षपछि नेपाल आउँदैछन् । यसअघि सन् २०१८ मा उनले नेपाल भ्रमण गरेका थिए । प्रधानमन्त्रीको लुम्बिनी आगमनलाई मध्यनजर गर्दै चारवटा हेलिप्याड निर्माणको काम पनि सुरु भएको छ ।

यससँगै गौतमबुद्ध विमानस्थलमा नेपाली सेनाले तयारी तीव्र पारेको छ ।कडा सुरक्षा व्यवस्था : प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी तीव्र पारिएको छ । नेपाल प्रशासनले सडकमा अवरोध गर्ने व्यक्तिको छानबिन गर्ने तयारी गरेको छ । लुम्बिनी होटलको आगन्तुक दर्ता र शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको छ । प्रधानमन्त्री मोदीको दर्शन र अन्य कार्यक्रममा करिब दुई घण्टा मन्दिर परिसरमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।

यी कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री मोदीः लुम्बिनी आएपछि प्रधानमन्त्री मोदीले सबैभन्दा पहिले मायादेवी मन्दिरको दर्शन गर्ने छन् । त्यसपछि मन्दिर परिसरमा रहेको अशोक स्तम्भको अगाडि दीप प्रज्वलन गरिने र त्यसपछि भारतले निर्माण गर्ने बौद्ध विहार मन्दिरको शिलान्यास पनि प्रधानमन्त्री मोदीले गर्नेछन् । त्यसपछि प्रधानमन्त्री मोदीले त्यहाँ उपस्थित जनतालाई सम्बोधन गर्नेछन्। भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published.