पुण्य गौतम एमालेमा प्रवेश, मञ्चमै ढोगे ओलीको खुट्टा

समाचार

काठमाडौं । पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका गौतमलाई मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् ।

ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे । गौतमले ओलीको खुट्टा ढोगे । एमाले प्रवेश गरेपछि गौतमले चुनावी सभामा सम्बोधन पनि गरे । उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए ।

म फूलजस्तै कोमल छु, मेरो अभिव्यक्तिले चित्त दुःखे माफी चाहन्छु : स्थापितकाठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्ति र हाउभाउका कारण कसैलाई चित्त दुःखे माफी दिन आग्रह गरेका छन् ।

मंगलबार भृकुटीमण्डपमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले आफू फूलजस्तो कोमल हृदयको मान्छे भएको बताए ।

स्थापितले भने– सबै दिदी बहिनीहरू र मेरो बोली हाउभाउले चित्त दुखेको भए सबैसँग म माफी माग्छु । मेयर हुने मान्छेले माफी माग्न सिक्नुपर्छ । म फूल जस्तो मान्छे हुँ । विपक्षीले एमालेमाथि प्रहार गर्दा कहीँ कतै एग्रेसिभ भएँ होला तर सबैसँग माफी माग्छु ।

Leave a Reply

Your email address will not be published.