निर्वाचनलाई ध्यानमा राखेर त्रिविले जारी गर्यो जरुरी सूचना (सूचनासहित)

समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले महत्वपूर्ण सूचना जारी गरेको हो । आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर त्रिविले सबैका लागि विशेष जानकारी साझा गरेको हो ।

यही २०७९ साल बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको कुरा त्रिविले बताएको छ । मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ साल बैशाख २८ र २९ गते दुई दिन सबै प्रकारका सेवाहरु बन्द गरिएको हो ।

जारी सूचनामा भनिएको छ, ‘यही २०७९ साल बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ साल बैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै प्रकारका सेवाहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

 

Leave a Reply

Your email address will not be published.