काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका अधिकांश ठाउँमा अबिहानै घाम लागेको छ । अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
आज मंगलबार दिउँसोपछि भने केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो ।
यस्तै, पर्सि मतदानका दिन पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने भएकाले सावधानि अपनाउन मौसमविद्को आग्रह छ ।
पर्सी दिउँसो प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा मौसम सामान्य बद्ली हुने तथा प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जू बासीले बताउनुभयो । अन्य प्रदेशको मौसम भने त्यो दिन आंशिक बद्ली हुने अनुमान छ ।
आजदेखि ६ दिन विद्यालय बन्द-काठमाडौं । मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारदेखि ६ दिन बन्द हुने भएका छन् ।
सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको हो ।
हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् ।
सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै, सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख ३१ गते शनिबार परेको छ ।
१ गते आइतबार र २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । त्यसकारण देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुनेछन् ।