काठमाडौँबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजको इन्जिन फेल भएपछि गरियो आकस्मिक अवतरण

समाचार

काठमाडौँबाट धनगढीका लागि छुटेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौँमा नै अवतरण गराइएको छ ।८७ जना यात्रु रहेको विमानको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज काठमाडौं फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको बायाँ इन्जिनमा समस्या आएको छ ।

विमान काठमाडौंबाट ११ बजेर ४४ मिनेटमा धनगढीका लागि प्रस्थान गरेको र १४ मिनेटपछि काठमाडौंमा अवतरण गरेको सेतले जानकारी दियो ।

स्थानीय तह निर्वाचनमा २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी परिचालन-काठमाडौ २८ वैशाख । यही शुक्रबार ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशभर २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

गृहमन्त्रालयले दिएको जानकारी म्यादी,सशस्त्र, नेपाली सेनासहित २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी निर्वाचनमा खटिने भएका हुन् ।

जसमा नेपाल प्रहरीबाट ६१ हजार ८३१ जना, म्यादी प्रहरीबाट ९९ हजार ९५२ जना, सशस्त्र प्रहरीबाट ३१ हजार ९२२ जना र नेपाली सेनाबाट ७३ हजार २४९ जना रहेका छन् ।

निर्वाचनको लागि उपत्यकामा मात्र ११ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मन्त्रालयले जनाएको छ । जसमा नेपाल प्रहरी ४ हजार २१७ जना, म्यादी प्रहरी ४ हजार ७११ जना रहेका छन् ।काठमाडौंमै नेपाली सेना २ हजार २६७ जना,राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी ९एनआईडी०३२५ जना खटिएका छन् ।

निर्वाचनको लागि देशभर १० हजार ७५६ मतदान स्थल रहेको छ । भने, मतदान केन्द्र २१ हजार ९५५ रहेका छन् । जसमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदाता सहभागी हुने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.