रुकुमपूर्वमा एमाले कार्यकर्ताको अहपरणपछि ह,त्या, तीन जना प.क्रा.उ

राजनिति

बुटवल । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरेका छन् । एमाले कार्यकर्ता डोटी बुढा जुनमायालाई घरदैलोका क्रममा २३ वैशाखमा अपहरण गरी हत्या गरिएको हो । गाउँपालिकाको ११ नम्बर वडा टक्सेरामा माओवादीले एमाले–कांग्रेस गठबन्धनको घरदैलोका क्रममा आक्रमण गरी जुनमायाको अपहरण गरेको थियो । सो क्रममा झडप पनि भएको थियो ।

अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको र पोष्टमार्टममा हत्या गरिएको पुष्टि भएको छ ।बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृतकको पोष्टमार्टम गरिएको छ ।

एमाले पोलिब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेको बताएका छन् । प्रहरीले तीन जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा माओवादी कार्यकर्ता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा रहेका छन् ।

उम्मेदवारको मृ,त्यु भएपछि तुलसीपुर १७ को वडाध्यक्षमा आज मनाेनयन-दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए ।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।

त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.