भारतीय सेनाको जहाज लुम्बिनीमा

समाचार

बुटवल । भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लुम्बिनी आएको छ । बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानमार्फत उक्त टोली आएको हो । विमानमा भारतीय सैनिक अधिकारीहरु छन् ।

जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि उक्त सैनिक अधिकारीहरुको टोली भारतीय सेनाको विशेष विमानबाट भैरहवा आएको भनिएको छ । टोलीमा ३० जना रहेको बताइएको छ । उनीहरु जेठ ३ गतेसम्म लुम्बिनीमै बस्नेछन् । उनीहरुलाई छोडेर विमान आजै फिर्ता हुनेछ ।

श्री एयरलाइन्सको जहाजकाे इन्जिन फेल, पुनः काठमाडौं फर्काइयाे !-काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको दुईमध्ये एक इन्जिन फेल भएको छ। इन्जिन फेल भएको जहाजलाई पुनः काठमाडौं फर्काइएको छ । ।

बिहान काठमाडौंबाट उडान गरेको क्यू–४०० सिरिजको जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा समस्या आएलगत्तै फर्काएर विमानस्थलमा सहजै अवतरण गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने, ‘जहाजमा समस्या आएलगत्तै फर्काएर विमानस्थलमा सहजै अवतरण गरिएको छ ।’

श्री एयरका प्रवक्ता अनिल मानन्धरले भने ‘जहाजलाई आकस्मिक अवतरण गराउने कुरा थियो। एउटा इन्जिनमा फल्स इन्डिकेटर आएको जानकारी पाइएको छ। प्रायोरिटी बेस अवतरण गराइएको छ ‘क्यानसहितका प्राविधिकले चेकजाँच सुरु गरेका छन्।’

Leave a Reply

Your email address will not be published.