बैतडी केन्द्रविन्दु भएर गयो ५.३ रेक्टरको भूकम्प, हल्लीयो डडेल्धुरासहित ४ जिल्ला

समाचार

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ ।भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ ।

भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । यसअघि यही वैशाख ६ गते पनि सूदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि
एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराउनुभएको छ ।
उहाँद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ ।

“मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु,” उहाँले भन्नुभएको छ ।

“मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु,” उहाँले ट्वीटमा भन्नुभएको छ ।

उहाँ आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी हुनुभएको छ । विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहनुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.