लमजुङमा पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परे वडाध्यक्ष उम्मेदवार

राजनिति समाचार

लमजुङ । लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई पैसा बाँड्दै गरेको अवस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरेका छन् । लमजुङको बेसीशहर नगरपालिका ११ रामचोक बेसीको वस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाईको समुहले जोशीलाई बुधबार राती साढे १० बजेको समयमा फेला पारेको हो ।

उम्मेदवारले मतदातालाई लुकिछिपी पैसा दिएर अथवा अन्य प्रलोभनमा पारेर भोट मागेको थाहा पाएपछि जोशीको साथबाट एक लाख ३५ हजार नगद पैसासहितको झोला, मोटरसाइकलको साँचो, पैसा बाडेको नामवली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा राखिएको स्थानीयले बताएका छन् ।

२७ गते राती १२ बजेदेखि स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको जान्दाजान्दै जोशीले पैसा बाँड्दै भोट माग्दै गरेको अवस्थामा स्थानीयले फेला पारेका हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीलाई बुधबार राती नै घटनास्थलमा खटाइएकाले यस विषय प्रमाणित भए कानुन अनुसार कारबाही हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी लुुम्बिनी आउने, तयारी तीव्र-काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र पारिएको छ ।प्रधानमन्त्री मोदी आगामी जेठ दुई गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने तय भएको छ । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन हिजो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) भने लुम्बिनी आइपुगेको छ ।

भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले हेलिप्याड, मर्मतसम्भार, सरसफाइलगायतका काम अन्तिम चरणमा पुर्याइएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.