गठबन्धनका कार्यकर्ताले गरे एमाले कार्यकर्तामाथि खुकुरी प्रहार, चार जनाको उपचार हुँदै

राजनिति

काठमाडौं । एमाले कार्यकर्तामाथि आक्रमण भएको छ । कैलालीमा सत्तारूढ गठबन्धनका कार्यकर्ताले ले एमाले कार्यकर्तामाथि आक्रमण गरेका हुन् । गठबन्धनका पार्टीका कार्यकर्ताको आक्रमणबाट एमालेका चार जना कार्यकर्ता घाइते भएका छन् ।

गोदावरी नगरपालिका–६ का एमालेको वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीका भाइ बिन्तिराम चौधरीसहितका चार जना एमाले कार्यकर्ता घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार राति करिब १ बजेतिर गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका थिए । बिन्तीराम चौधरीलाई गठबन्धनका कार्यकर्ताले खुकुरी प्रहार गरेको जनाइएको छ । उनको पाखुरामा चोट लागेको छ ।

प्रहरीका अनुसार उक्त घटनामा गोदावरी नगरपालिका–६ कै स्थानीय लक्ष्मी चौधरी, बसन्ती चौधरी र रविन चौधरी पनि घाइते भएका छन् । घटनामा संलग्नहरूको खोजी भइरहेको छ भने घाइतेहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार हुँदैछ ।

Leave a Reply

Your email address will not be published.