युवतीको शरीर देखेर जीमखानामै हस्तमैथुन गरेपछि…

राेचक

काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गरी वीर्य महिलाको कपालमा झारेको विषयले नेपालमा तरंग सिर्जना गरिरहेको छ । त्यस्तो हर्कत गर्ने युवाको खोजी प्रहरीले गरिरहेको छ । यस्तो कार्य नेपालमा मात्रै हुँदो रहनेछ । साउथ अफ्रिकाको वेस्टर्न केप भन्ने सहरको एक जीमखानामा लगभग यस्तै एक घटना भएको छ ।

जीमखानामा जीम गरिरहेकी एक महिलाको शरिर देखेर आफूलाई सम्हाल्न नसकेका एक युवकले जीमखानामै हस्तमैथुन गरेका छन् । यस्तो हर्कत गर्ने युवालाई जीमखानाले जीवनभरका लागि प्रतिबन्ध लगाएको छ । ती युवाले हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ । उनको भिडियो उजुरीका रुपमा प्रहरीसमक्ष पठाइएको, नपठाइएको स्पष्ट छैन । एजेन्सी

काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ ।घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो ।

अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए ।

विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् ।

त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् ।

सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् ।

किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए ।

साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.