इतिहासमा मैले जति बिकाश गर्ने नेता यो दुनियाँमा जन्मेको छैन, : केपि शर्मा ओली

राजनिति

दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी गर्ने मामलामा भारतले विभिन्न बहाना बनाइरहेका बेला नेपालका सबै राजनीतिक पार्टीहरू एकजुट भएर भारतले दिँदै आएको दबाबलाई बेवास्ता गरी संविधान जारी भयो । त्यो बेला पनि तत्कालीन नेकपा एमालेका अध्यक्षको हैसियतमा केपी शर्मा ओलीको अडानले ठुलो भूमिका खेलेको थियो ।

नेपालमा संविधान सभाबाट नेपालको संविधान जारी भइसकेपछि भारतले अघोषित रूपमा २०७२ सालमा नेपाल प्रति नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको डटेर सामना गर्ने निर्णय गरी सम्पूर्ण नेपालीलाई एकजुट हुन आव्हान गरेका थिए ।

भारतलाई नाकाबन्दी नगर्न विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि आफूहरूले नगरेको मधेशी राजनीतिक दलले नाकाबन्दी गराएका भनी नाकाबन्दीलाई निरन्तरता दिइयो ।

तर भारतले भारतीय सेनाको कालापानीमा कब्जा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० पश्चात् भारतीय सेना नेपालको कालापानी क्षेत्रमा प्रवेश गरी औपचारिक रूपमा १९६२ देखि बस्न थालेको देखिन्छ ।

त्यो बेला देखि हालसम्म पनि भारतीय सेनाको उक्त क्षेत्रमा उपस्थिति रहेकोमा नेपालले वि.सं.२०५१ देखि निरन्तर उठी रहे पनि यसअघि कुनै कार्यवाही अगाडि बढेको थिएन ।

केपि ओलीको राष्ट्रवादी कार्य कोरोना कहरको अवस्थामा विश्व नै लकडाउनमा रहेको बेला भारतको राजधानी दिल्लीमा भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकको भिडियो कन्फ्रेन्सबाट उद्घाटन गरेको समाचार बाहिर आयो ।

त्यसको नेपालले तत्काल डिप्लोम्याटिक नोट जारी गरी विरोध जनायो तर भारतले डिप्लोम्याटिक नोटका बारेमा त्यति चासो लिएन । नेपाल सरकारले हालसम्मका प्रमाण कागजहरू समेतको आधारमा महाकालीको मुख्य मुहान लिम्पियाधुराबाट आउने नदी भएको प्रमाणित भइसकेकोले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र

नेपालको भएको तर लामो समय देखि भारतले अतिक्रमण गरिरहेकोले सो क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गर्ने निर्णय गर्‍यो, जसको अगुवाइ वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले गरे ।

त्यसैगरि तत्कालीन नेकपा एमालेले पनि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरेर नै आफ्नो विरासत धान्दै आएको यथार्थता हो । २०५४ सालमा त महाकाली सन्धिका कारण नेकपा एमाले दुखद विभाजनको सिकार समेत हुनुपर्‍यो । यस विषयका बारेमा कुनै पनि सरकारको नेतृत्वले यस्तो साहसिक निर्णय गर्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published.