गढीमाईमा झडप, १५ को टाउको फुट्यो, मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको मृत्यु !

राजनिति

रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो।

दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो। झडप अझै नियन्त्रणमा आइसकेको छैन। झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ।

उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल पठाउँदै गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।

मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको मृत्यु

मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।

Leave a Reply

Your email address will not be published.