चुनावकै दिन बाबुरामको नयाँ काण्ड : तानिए विवादमा

राजनिति

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन् । आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादमा तानिएकाले त्यसबारे प्रस्ट पारेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’

उनले गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरेका थिए । आफूले गरेको मतपत्रसमेत सार्वजनिक गरेका थिए । गोप्य हुने भनिएको मतदानको मतपत्र नै सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । आलोचना भएपछि उनले गोप्य राख्न चाहनेलाई मात्र छुट दिने भनेको प्रस्ट पारेका हुन् ।

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार-सुर्खेत :हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुं’गाले ला’गेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।

झ’डपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए । घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झ’डपपछि प्रहरीले आठ रा’उन्ड अ’श्रुग्या’स प्र’हा’र गरेका छन् । अहिले मतदान रोकिएको छ ।

सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टाेली खटाएकाे सैनिक प्रवक्त्ता नारायण सिलवालले बताए ।

Leave a Reply

Your email address will not be published.