मतदान गर्न रौतहट पुगेका नेपाललाई दुर्व्यवहार, चोर भन्दै मतदाताले नारा लगाए

राजनिति

रौतहट ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन् ।

नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए । नेपाललाई एमाले नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ ।

नेपालले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिलाउन बुथ–बुथ चहार्दै हिँडेको अन्य दलका कार्यकर्ताले आरोप लगाएका छन् ।

सर्लाहीमा मतदान अधिकृत पक्राउसर्लाही :सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु गर्ने प्रयास भईरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो । पक्राउ परेका मतदान अधिकृत साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उक्त स्थानमा मतदान स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published.