नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान

समाचार

मुगु :मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् ।

छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।

उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।Open photo

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् ।Open photo

बैतडीमा ४४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।

Leave a Reply

Your email address will not be published.