किरिया बसेकी उमा भन्छिन्- ‘देशलाई राम्रो होला भनेर भोट हाल्न आएँ’

समाचार

काठमाडौं । बागलुङको बागलुङ नगरपालिका वडानम्बर १ की उमा बोहोराको श्रीमानसँग ससुराको किरिया बसेकी छन् । उनका ससुराको निधन भएको ९ दिन भयो ।यस्तो अवस्थामा पनि छोराछोरी र देशलाई राम्रो होला भनेर भोट हाल्न मतदान केन्द्रमा आएको उनले बताइन् ।

नगरपालिकाकै वडानम्बर १ को रामरेखा आधारभूत विद्यालयमा मतदान गर्ने क्रममा भेटिएकी बोहोराले भनिन्, ‘ ससुरा बितेको ९ दिन भयो । मतदान गर्न भनेर आइयो । नेताले राम्रो गर्लान, हाम्रा छोराछोरीलाई राम्रो होला, देशलाई राम्रो होला भनेर यस्तो बेलामा पनि उपस्थित भइयो ।

मुगुको खत्याड गाउपालिका-८ सुकाढिकका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छ्न्।आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो हिँडेर मतदान गरेका हुन्।

उनीहरूले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न् ।किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका-८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.