मतदान गर्न जाँदा बैतडीमा भयो अप्रिय घटना, एक जनाको मृत्यु

समाचार

काठमाडौं । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो ।

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि, तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचनका लागि उहाँले आज गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरदेखि दश मिनेटको दूरीमा अवस्थित मतदान केन्द्रसम्म गुरुङलाई आफन्तको सहयोगमा ल्याइएको थियो ।

यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीस्थित माहेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.