सिल गरिएको मतपेटिका बोकेर स्थानीयवासीहरु खेतैखेतै कुदेपछि….

समाचार

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि सिल गरिएको मटपेटिका स्थानीयले लुटेका छन् ।सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागेका हुन् । मतगणना सकिएपछि लुटिएको मतपेटिकाबारे प्रशासनलाई खबर गरिएको छ ।

फाेटाे : सामाजिक सञ्जालबाट

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको हो।

निर्वाचन आयोगका अनुसार ५ बजेभन्दा अगाडि मतदान स्थलमा उपस्थित भई मत हाल्न लाममा बसेकाहरुले भने मतदान गर्न समय पाउनेछन् । तर ५ बजेभन्दा पछि मतदान गर्न आउनेहरुले भने मतदान गर्न पाउने छैनन् र

शुक्रबार मतदानका क्रममा देशका विभिन्न ठाउँमा विवादसँगै झडप भए पनि शान्तिपूर्वक मतदान भएको आयोगले जनाएको छ ।

उपत्यकामा ६ बजेदेखि यातायात सञ्चाल-स्थानीय निर्वाचनको मतदान सकिएसँगै काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साँझ ६ बजेदेखि निजी र सार्वजनिक यातायातका साधन सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published.