एमालेका उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते

समाचार

काठमाडौं । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो ।

मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने बारे अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल पुगेको छ । विस्फोटमा परी उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको हात, पाखुरालगायत भागमा जलेको छ । विस्फोटले घरमा समेत क्षति पुगेको छ । भान्छा घरमा विस्फोट भएको र यसको असर अन्य कोठामा समेत परेको छ ।

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताएका हुन् ।

आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनले बताए ।‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ’ मगरले भने । आयोगले ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ ।

अध्यक्षसहितको सात वटा उच्चस्तीय टोलीले मतदानको अनुगमन गरेको थियो। उनका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ । ७७ वटै जिल्लामा अनुगमन गरेको थियो । आयोगका अनुसार देशका कतिपय निर्वाचन केन्द्रको मतदान स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published.