नेकपा एमालेले पालिका विजयी संख्या कांग्रेसको भन्दा दोब्बर बनायो [ पूराविवरण सहित ]

राजनिति

काठमाडौ । नेकपा (एमाले) ले पालिका विजयी संख्या कांग्रेसको भन्दा दोब्बर बनाएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) ले ६ वडा पालिका प्रमुखमा विजय हासिल गरेको छ । भने नेपाली कांग्रेसले ३ स्थानमा जित हात पारेको छ ।

नेकपा एकीकृत समाजवादीले २ स्थानमा प्रमुख पद जितेको छ भने नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेको छ । अहिलेसम्म अरु दलले जित हासिल गर्न सकेका छैनन् ।

उपप्रमुख विजयी संख्यामापनि एमाले नै अगाडी छ । एमालेले ५ उपप्रमुखमा जित हासिल गरेको छ ।

कांग्रेसले ३, माओवादीले २ र नेकपा एकीकृत समाजवादीले १ स्थानमा उपप्रमुख पदमा जित हासिल गरेको छ ।

पछिल्लो मत परिणाममा अग्रता संख्या भने कांग्रेसको धेरै छ । कांग्रेसले अहिलेसम्म १८४ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ११८, माओवादीले ७२, नेकपा एसले ८ र जसपाले ७ स्थानमा अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published.