८ सन्तानकी आमा प्रेमीसँग फरार, प्रहरी चौकी पुग्दा खुल्यो सबै नालीबेली

राेचक

काठमाडौं । भरतपुरमा ८ सन्तानकी आमा ५८ वर्षीय पुरुषको प्रेममा परे र आफ्नो प्रेमीसँग बस्न गइन् । रोचक कुरा के छ भने ५८ वर्षीय प्रेमीका पनि चार सन्तान छन् ।

प्रेमीका नातिको पनि विवाह भइसकेको छ । भारत, राजस्थानको भरतपुरमा महिलाका श्रीमानले महिलाका प्रेमीविरुद्ध अपहरणको उजुरी दिएका थिए ।

प्रहरीले महिलालाई अदालतमा हाजिर गर्यो । तर अदालतमा महिलाले अपहरण नभएको भन्दै प्रेमीको घर जान राजी भइन् । घटना भरतपुरको कैथवारा थाना क्षेत्रको निम्ला गाउँको हो ।

त्यहाँकी ४५ वर्षीया साहुनी छिमेकी साहुनसँग प्रेममा परेपछि प्रेमीसँग बस्न उनको घर गएकी थिइन् । त्यही क्रममा महिलाका श्रीमान फारुकले प्रेमीविरुद्ध अपहरणको मुद्दा दायर गरेका हुन् ।

उजुरीपछि प्रहरीले महिलालाई हतकडी लगाएर अदालतमा हाजिर गरेको थियो । त्यसै क्रममा महिलाका छोराछोरी पनि प्रहरी चौकी पुगे र आमालाई सम्झाउन निकै प्रयास गरेका थिए ।

तर महिला छोराछोरीको कुरा सुन्न तयार भइनन् । अन्नतः महिलाले प्रेमीसँग जाने इच्छा व्यक्त गरिन् । जानकारीका अनुसार ५८ वर्षीय प्रेमीका चार सन्तान छन्, उनीहरु विवाहित पनि छन् ।

कैथवारा प्रहरी चौकीका प्रमुख रामनरेशका अनुसार महिलाका पति फारुकले दर्ता गरेको एफआईआरमा उनकी श्रीमतीलाई छिमेकी साहुनले अपहरण गरेको आरोप लगाइएको छ ।

श्रीमतीलाई फिर्ता लिन गाउँका पञ्च पटेलसँग पनि कुरा गरिएको थियो तर महिलाले मानिनन् । त्यसपछि प्रहरीमा उजुरी परेको थियो । ती महिलाले आफ्नो पतिसँग अदालतमा जान अस्वीकार गरेपछि सबै कुराको पर्दा खुलेको हो ।

Leave a Reply

Your email address will not be published.