दोलखाको गैरीमुदी, जफे र मालुमा कांग्रेसले गर्यो बुथ कब्जा, केन्द्रीय सदस्य काफ्लेविरुद्ध कुटपिट तथा लुटपाटको उजुरी

राजनिति

दोलखा, वैशाख ३१। दोलखाको बैतेश्वर गाउँपालिका र तामाकोसी गाउँपालिकामा यसपटक पनि झडप र बुथ कब्जा भएको छ ।बुथ कब्जाले बदनाम बनेका बैतेश्वर गाउँपालिका वडा नम्बर–१ गैरीमुदीमा नेपाली कांग्रेसका आफूलाई डन भनेर चिनाउने समुहले एमालेर माओवादीको नेता कार्यकर्ता र मतदाताहरुलाई डर, त्रास, धम्की दिँदै मतदान स्थलबाट लखेटेर ऐकलौटी मतदान गरेका छन् ।

करिब२५ सय मतदाता रहेको उक्त मतदान स्थलमा कांग्रेसले १८ सय देखि माथि एक छाप मत खसालेको एमाले र माओवादीको आरोप छ ।यसअघिको निर्वाचनमा लुटिएको वडा नम्बर–२ पुतलीकाठ स्थित जनज्योति मावि,वडा नम्बर–३ मिर्गे मजुवा स्थित कालिढुंगा मतदानकेन्द्रमा भने शान्तिपूर्ण मतदान सम्पन्न भएका छन् ।

यस मतदान केन्द्रमा पनि कांग्रेसले बुथ कब्जा गर्ने प्रयास गरे तापनि स्थानीयकोप्रतिकार र थप सुरक्षा फौज तैनाथ गरेपछि मतदान शान्तिपूर्ण भएको स्वतन्त्रबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार छविलालमोक्तानले बताउनु भयो।२०७४ सालको स्थानीय तह सदस्यको निर्वाचनमा पनि कांग्रेसले बैतेश्वरको वडा नम्बर–१, २ र ३ को बुथ कब्जा गरि आफ्नोउम्मेदवारलाई विजयी गराउन सफल भएको थियो ।

मतदान सुरु भएक लगतै विहन एक पटक यी तीनवटै मतदान स्थलमा कांग्रेसले बाहिरबाट भित्र्याएका समूहले फिल्मी शैलीमा आक्रमणगरि बुथ कब्जा गर्ने प्रयास गरे तापनि वडा नम्बर २ र वडा नम्बर ३ मा यसपटक विफल भएको छ ।मतदान स्थलमा झडप हुँदा दर्जनौ घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published.