मेयरमा फराकिलो मत अन्तरले बालेन शाहको अग्रता

राजनिति

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले झण्डै ६ सय मतले अग्रता लिएका छन् ।चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेको एमालेका केशव स्थापितले ९८५ मत पाएका छन् भने । नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गठबन्धन दलभन्दा बलियो देखिएका छन् ।काँग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडीले ७ सय ९० मत पाएर अगाडि बढेका छन् । उनीभन्दा पछाडि एमालेका शिवशंकर साहले २ सय ५१ मत पाएका छन् ।

लोसपाका मनोज चौधरीले १ सय ७१ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ सय ६६ मत ल्याएका छन् ।यस्तै सत्ता गठबन्धन दलका तर्फबाट जसपाका उम्मेदवार निवर्तमान नगरप्रमुख लालकिशोर साहले जम्मा ५३ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published.