भरतपुर महानगरमा रेनु दाहाल अघि अघि एमाले पछि पछि

राजनिति समाचार

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२२६ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले ८३० मत प्राप्त गरेकी छन् ।

आजदेखि आइतबार पनि सरकारी बिदा
काठमाडाैं । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो । निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो । त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो ।

यसरी सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि विद्यालयहरूमा के गर्ने भन्ने अन्योल थियो । तर पछि शिक्षा मन्त्रालयले अरू बिदा कटौटी गरी आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.