दीपकको व्यङ्ग्य– एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता लिएपछि कालाकार दीपकराज गिरीले दलहरूलाई व्यङ्ग्य गरेका छन् ।

पुराना संगठित दलका उमेदवारलाई पछि पार्दै बालेनले मतगणनामा अग्रता लिएपछि नेपाली कांग्रेस र नेकपा एमालेप्रति दीपकले व्यङ्य गरेका हुन् ।

“प्रारम्भीक परिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्,” दीपकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

काठमाडौं महानगरमा बालेनले एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापित र कांग्रेसका तर्फबाट मेयरकी उमेरदवार सिर्जना सिंहलाई पछि पारेका छन् ।
स्वतन्त्र मेयरका उम्मदेवार बालेनले सुरुवाती अग्रता कायममा हुनुहुन्छ भने नेकपाका उम्मेदवार स्थापित र गठबन्धनबाट उम्मेदवार सिर्जनाले पछ्याइरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published.