काठमाडौंमा बालेन झण्डै दोब्बर मतले अगाडि

राजनिति समाचार

काठमाडौं वैशख ३० गते शुक्रबार देशभर एकैसाथ सम्पन्न मतदानको मतगणना जारी छ । सबैभन्दा चासोको केन्द्र बनेको काठमाडौं महानगरपालिकाको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ ।

अहिले १,२,३, ४ र ३२ गरी पाँचवटा वडाको मतगणना भइरहेको छ । यी पाँचवटै वडाको मतपरिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता छ ।

अहिलेसम्म ४ हजार ४ सय ५३ मतगणना हुँदा साहले फराकिलो मतान्तरसहित अग्रता बढाएका छन् । उनी दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापित र तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहभन्दा निकै अगाडि देखिएका छन् ।

निर्वाचन कार्यालयले बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार साहले १५ सय ८७ मत पाएका छन् ।

एमालेका स्थापितले ८ सय ८७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २२ मत पाएकी छन् । सिर्जनाले भने स्थापितसँगको मतान्तर घटाएकी छन् । उनीहरूको मतान्तर ६५ छ । स्थापित र बालेनको मतान्तर ७०० छ ।

Leave a Reply

Your email address will not be published.