विवेकशील साझा मेयर उम्मेदवार समिक्षाको हरिबिजोग !

समाचार

काठमाडौं । काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७६८ मत ल्याउँदै अग्रता कायम राखेका छन् ।

निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार वडा नम्बर ३२ को ७ सय मत, वडा नम्बर १ को ७१० सय मत, वडा नम्बर ४ को २०० तथा वडा नम्बर २ को ४८० मत गन्दा साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ५५०

मत ल्याएका हुन् । त्यस्तै, काँग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले ४२१ मत ल्याएकी छन् । राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझाबाट उम्मेदवार बनेकी समीक्षा बास्कोटा जम्मा १६ मतमा सीमित बनेकी छिन्।

समीक्षाले आफु काठमाडौं महानगरपालिकाको मेयर जित्ने दाबी गर्दै आएकी थिइन् ।

उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ९२० मत ल्याएकी छन् । डंगोलका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २४६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाले २०८ मत ल्याउँदा विवेकशील साझा भने ५१ मतमा सीमित बनेको छ ।

Leave a Reply

Your email address will not be published.