काठमाडौंमा मतान्तर बढाउँदै बालेन, केशव स्थापित १ हजार ८ मतले पछि

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।

शाहले २०७२ मत प्राप्त गरेका छन्।उनका प्रतिद्वन्द्वी केशव स्थापितले ११६४ मत प्राप्त गरेका छन्। स्थापित १००८ मतले पछाडि परेका छन्।

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १००६ मत प्राप्त गरेकी छन्। उपमेयरतर्फ सुनिता ढंगोलले सबैभन्दा धेरै ९२० मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २४६ मतमात्रै प्राप्त गरेका छन्। राप्रपा उम्मेदवारले २०८ मत प्राप्त गरेका छन्। उपमेयरमा सुनिताले लोकप्रिय मत पाएकी हुन्।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृतकाअनुसार अहिले काठमाडौंमा पाँच वटा बडाको निरन्तर मतगणना भइरहेको छ।

काठमाडाैं । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो । निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो । त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो ।

यसरी सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि विद्यालयहरूमा के गर्ने भन्ने अन्योल थियो । तर पछि शिक्षा मन्त्रालयले अरू बिदा कटौटी गरी आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.