यसरी भयाे पाँचखालमा मतदान स्थगित, मतदानस्थल नै तहसनहस

राजनिति समाचार

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् ।

तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए ।अङ्कुरण खबर बाट।

पूर्वमन्त्री पद्मा अर्यालका पति वडा सदस्यमा पराजित-१ जेठ, काठमाडौं । नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।

‘चुनाबमा गएपछि हार–जित भैहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो,’ पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं ।’

वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए ।वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published.