माधव नेपाल मतदानस्थल पुग्दा ‘चोर आयो चोर भन्दै’ गुञ्जियो रौतहट

राजनिति

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी मतदानस्थल पुग्दा त्यहाँका मतदाताले चोर आयो चोर, माधव नेपाल चोर हो भन्ने जस्ता नारा लगाएका थिए ।मतदानपछि नेपालले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्काे लाग्ने गरेको बताए । उनले भने, ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन, अव यो पाराले चल्ने वाला छैन ।

एमाले पहिलो पार्टी बन्छ-राजनीतिक विश्लेषक प्रा।डा।सुरेन्द्र केसीले स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले० नै पहिलो दल बन्ने दाबी गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले कांग्रेसलाई गठबन्धन गरेर जाँदा धेरै नै ठूलो घाटा लागेको बताए । उनले कांग्रेसलाई त मृत्युशैयामा पुगेकोसम्म भन्न भ्याए । उनले भने,”कांग्रेस त अब मृत्युशैयामा छ । उ त सबै ठाउँमा चुनाव जित्ने पार्टी हो नि, किनभने चुनाव जित्ने पालो उसको थियो । वामहरुले बेईमानी गरे । उनीहरुलाई दण्डित गर्नुपरेको थियो ।”

केसीले स्थानीय तहको निर्वाचनले नै संघीय चुनावको आँकलन गर्न सकिने बताए । उनले कुराकानीको क्रममा पत्रकार ऋषि धमलालाई तपाईँ प्रचण्डको पत्रकार हो भनेर प्रश्न गरेका थिए ।

पत्रकार धमलाले केसीलाई तपाईँ केपी ओलीको प्रवक्ता हो भनेर सोधेको अवस्थामा उनले उल्टै धमलामाथि यस्तो प्रतिप्रश्न गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.