राजेन्द्र लेङ्देलकाे निर्वाचन क्षेत्रमा राप्रपाकाे लज्जास्पद हार , काङ्ग्रेसको प्यानल नै विजयी

राजनिति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र कचनकवल १ मा नेपाली कांग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी बनेको छ । यो गाउँपालिका राप्रपाको गढ मानिन्छ ।

महावीर लिम्बू वडाध्यक्षमा निर्वाचित भए । उनले १ हजार ४ सय ४२ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी नारायण यादवले १ हजार १ सय १० मत प्राप्त गरे ।

वडा सदस्यमा अन्तप्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित भए । महिला सदस्यमा सञ्जावती राजवंशी र दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित भए ।

एमाले पहिलो पार्टी बन्छ-राजनीतिक विश्लेषक प्रा।डा।सुरेन्द्र केसीले स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले० नै पहिलो दल बन्ने दाबी गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले कांग्रेसलाई गठबन्धन गरेर जाँदा धेरै नै ठूलो घाटा लागेको बताए । उनले कांग्रेसलाई त मृत्युशैयामा पुगेकोसम्म भन्न भ्याए । उनले भने,”कांग्रेस त अब मृत्युशैयामा छ । उ त सबै ठाउँमा चुनाव जित्ने पार्टी हो नि, किनभने चुनाव जित्ने पालो उसको थियो । वामहरुले बेईमानी गरे । उनीहरुलाई दण्डित गर्नुपरेको थियो ।”

केसीले स्थानीय तहको निर्वाचनले नै संघीय चुनावको आँकलन गर्न सकिने बताए । उनले कुराकानीको क्रममा पत्रकार ऋषि धमलालाई तपाईँ प्रचण्डको पत्रकार हो भनेर प्रश्न गरेका थिए ।

पत्रकार धमलाले केसीलाई तपाईँ केपी ओलीको प्रवक्ता हो भनेर सोधेको अवस्थामा उनले उल्टै धमलामाथि यस्तो प्रतिप्रश्न गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.