सुनिता डंगोललाई दुई तिहाई मत

समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडी छिन् । झण्डै ३ हजार २ सय मत गणना हुँदा डंगोलले सबै प्रतिष्पर्धीलाई उछिन्दै २००० मत प्राप्त गरेकी छन् । जुन गणना भएको मतको झण्डै दुई तिहाई हो ।

गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ५१३ मत पाएकी छन् । यस्तै, विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत प्राप्त गरेकी छन् ।

काठमाडाैं । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो । निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो । त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो ।

यसरी सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि विद्यालयहरूमा के गर्ने भन्ने अन्योल थियो । तर पछि शिक्षा मन्त्रालयले अरू बिदा कटौटी गरी आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.