चितवन । चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।
वडा नं.२ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए ।
उनले पहिला यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने बताए । अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।
यो पनि
चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ। प्राप्त जानकारीअनुसार दाहालले १८ सय ६७ मत प्राप्त गरेकी छन्। त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले १८ सय १४ मत प्राप्त गर्दै दाहाललाई पछ्याइरहेका छन्।
भरतपुरमा रेनको अग्रता कायमै, विजयले मतान्तर घटाउदैकाठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ।
प्राप्त जानकारीअनुसार दाहालले १८ सय ६७ मत प्राप्त गरेकी छन्। त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले १८ सय १४ मत प्राप्त गर्दै दाहाललाई पछ्याइरहेका छन्।
यो पनि
पालिका चुनावमा निर्विरोध भएकासहित २४ पालिकाको नतिजा सार्वजनिक भएको छ । अग्रतामा नेपाली कांग्रेस अघि देखिएपनि १० वटा पालिकामा एमाले विजयी भएको छ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले १ नगरपालिका सहित ८ वटा पालिका जित हासिल गरेको छ। नेकपा माओवादी केन्द्रले पनि ४ पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ।
मधेसवादी र अन्य दलले खाता खोल्न सकेका छैनन्।
मनाङ, मुस्ताङ, गुल्मी, बाग्लुङ, डोल्पा, बझाङ, डडेल्धुरा र सोलुखुम्बुका केही स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ।
एमाले
१.शे–फोक्सुन्डो
डोल्पाको शे–फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भइसकेका छन्।
यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी परेको थिएन।
गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुन्। उनले गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताए।
गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित भएका छन्।
गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ।
त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ। वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।
त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ।
वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ। त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ।
२.चामे
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भइन्।
०७४ को चुनावमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए। उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुवैले आफ्नो सिट सुरक्षित गरेका छन्।
३. लो–घेकर दामोदरकुण्ड
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देव बहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्।
२०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
४.मनाङको ङिस्याङ
एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए।
उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए।
५.मुस्ताङ वारागुङ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ।
एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन्। अध्यक्षमा कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याएका छन्।
उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन्। कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन्। गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ। कुल मतदाता २ हजार २४४ रहेका छन्।
६. लोमान्थाङ गाउँपालिका
एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पनि जित हासिल गरेको छ। एमालेका टसी न्हुर्वु गुरुङले ६६८ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका टसी गुरुङले ५१४ मत ल्याएका छन्।
उपाध्यक्षमा पनि एमालेकै छयुमी विष्ट गुरुङ विजयी भएकी छन्। विष्टले ६३२ मत ल्याउँदा कांग्रेसकी छिरिङ ढोका गुरुङले ५२९ प्रतिशत ल्याएकी हुन्। कुल जनसंख्या १ हजार ९९६ रहँदा मतदाता १ हजार ९४८ मतदाता रहेका छन्।
७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका मिङमा छिरी शेर्पाले २ हजार २८ मत ल्याई विजयी भएका हुन्।
एमालेका प्रतिस्पर्धी चुङब शेर्पाले १ हजार ६०९ मत ल्याएका छन्।
उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पाले २ हजार २३ मत ल्याई विजयी भएको छ। कांग्रेसका निर्मला थापाले १ हजार ५८२ मत ल्याएकी छन्।
५ वटा वडामा वडा १ कांग्रेसले विजयी भएपनि बाँकी एमालेले विजयी भएको छ।
८.नवलपुरको बौदीकाली
नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा विजयी भएका छन्। ओझाले ३ हजार ९७६ मत प्राप्तगर्दा कांग्रेसका खडक बहादुर रानाले ३ हजार ५४९ मत प्राप्त गरेका हुन्।
उपाध्यक्षमा एमालेकी डिल कुमारी केसी निर्वाचित भएकी छन्। उनले ३ हजार ९६२ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी धन कान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गरिन्।
वडा नं ४ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकीमा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा नै जित हासिल गरेको थियो।
९. बाजुराको साइपल
बाजुराको साइपल गाउँपालिकामा एमालेका मानविर बोहरा विजयी भएका छन्। कांग्रेसका उजले बोहरालाई पराजित गर्दै जित हासिल गरेका हुन्।
मानविरले ६७५ मत ल्याउँदा कांग्रेसका उजले बोहराले ६१३ मत ल्याएका छन्।
उपाध्यक्षमा एमालेकै डोल्मा तमाङ ६७५ विजयी भएकी छन्। कांग्रेसकी बाटु बोहरा प्रतिस्पधी रहेकी थिइन्।
गाउँपालिकामा २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष मै जित हासिल गरेको थिए। गाउँपालिकामा कुल मतदाता १४ सय ९९ मतदाता रहेका छन्।
१०. थलारा गाउँपालिका
बझाङको थलारा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए। खातीले ३ हजार १५० मत ल्याउँदा एमालेकी मीरादेवी रावलले २ हजार ५८७ मत ल्याएकी छन्।
२०७४ मा एमालेले नै गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएको थियो।
नेपाली कांग्रेस
१.मनाङको नार्पाभूमि
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन्।
खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्। नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो। त्यसबेला यहाँ निर्विरोध निर्वाचन भएको थियो।
२.मुस्ताङको घरपझोङ
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन्।
२०७४ मा नेकपा एमालेको तर्फबाट आस बहादुर थकाली विजयी भएका थिए।
उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन्। एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्।
३.मनाङको नासोँ
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका हुन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरेका छन्।
अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गरेका छन्। उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४९६ मत ल्याए।
४.गुल्मीदरबार
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापा विजयी भएका छन्।
थापाले ६ हजार १६६ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६०२ मत हात पारे।
गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन्।
नेकपा एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधि पौडेल निर्वाचित भएका छन्।
५.रेसुङ्गा
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए।
यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृतादेवी कुँवर ८ हजार ६ सय १९ मत ल्याएर विजयी भइन्। उनलाई एमालेकी रिता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन्।
६.गन्यापधुरा
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्
नेपाली कांग्रेस बीपीका उम्मेदवार सुरेन्द्र मालीलाई पराजित गर्दै कार्की अध्यक्षमा विजयी भएका हुन्।
सहायक निर्वाचन अधिकृत दिलिप तामाङका अनुसार कार्कीले ३ हजार १८४ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी मालीले १ हजार ६०५ मत ल्याएका छन्।
नेकपा एमालेका इन्द्रबहादुर महरालाई पराजित गर्दै कांग्रेसकी सेठी उपाध्यक्षमा विजयी भएकी हुन्। उनले ३ हजार १३ मत ल्याउँदा महराले १ हजार ७०३ मत पाएका छन्।
गन्यापधुरा वडा नम्बर १ मा कांग्रेस बीपीका नरेश भण्डारी, २ मा कांग्रेसका मनोज देउवा, ३ मा चक्रबहादुर देउवा, ४ मा नरेश भट्ट र ५ मा चन्द्रप्रकाश रोस्यारा वडाध्यक्षमा विजयी भएका तामाङले जानकारी दिए।
७. खार्पुनाथ गाउँपालिका
हुम्लाको खार्पुनाथ गाउँपालिका गठबन्धनले जित हासिल गरेको छ। गाउँपालका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादीले जित हासिल गरेको हो।
खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृत कमलकुमार आचार्यले कांग्रेसका कर्ण बहादुर रावलले विजयी भएका हुन्। उपाध्यक्षमा माओवादीका ज्ञान बहादुर सिंह विजयी भए।
अध्यक्षमा एमालेका प्रकाश बहादुर शाहीले प्रतिस्पर्धा गरेका थिए उपाध्यक्षमा समाजवादीका सक्ति सिंह ऐडी रहेका छन्।
२०७४ सालको स्थानिय तहमा कांग्रेगकै कर्ण बहादुर रावल विजयी भएका थिए।
८. डोटीको बडीकेदार
डोटीको बडी केदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका भैरवबहादुर साउद २ हजार ३४३ मत ल्याई विजयी भएका हुन्।
एमालेका चक्रबहादुर घर्ती मगर १ हजार ६८४ मत ल्याएका छन्। तेस्रोमा रहेका नेकपा एकिकृत समाजवादीका भक्त बहादुर साँउदले १ हजार ४७१ ल्याएको छ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसले नै विजयी हासिल गरेको छ। डम्मरी कुमारी विष्ट २ हजार ४०७ मत ल्याएकी छन्। एमालेकी सपना सिराडीले २ हजार २७६ मत ल्याएकी छन्।
वडा ४ र ५ मा एमाले विजयी भएको छ भने १ र २ कांग्रेस विजयी भएको छ। वडा नं ३ मा भने माओवादीले जित हासिल गरेको छ।
माओवादी केन्द्र
१.जगदुल्ला
स्थानीय तहमा नेकपा माओवादी केन्द्रले पहिलो जीत निकालेको हो डोल्पाबाट।माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकाबाट विजयी सुरुवात गरेको थियो।
उक्त पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको हो।
आयोगका अनुसार पालिकाको अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन्।
यहाँ नेकपा एमालेका हेमबहादुर महतराले ७४६ मत ल्याउँदै पराजित भएका छन्।
यस्तै उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन। पराजित एमालेकी चन्द्रावति थापाले ७४९ मत ल्याइन्।
जगदुल्लामा काङ्ग्रेस–एमाले–समाजवादी गठबन्धनविरुद्ध माओवादी केन्द्र एक्लै लडेको थियो।
यसैगरी उक्त पालिकामा माओवादी केन्द्रले ४, ५ र ६ गरी ३ वडा अध्यक्ष पनि जितेको छ।
२.नौमुले
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ।
एकीकृत समाजवादीसँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन्।
त्यहाँका निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेले यसको पुष्टि गरेका छन्।
सुवेदीले ३ हजार २ सय मतसहित गाउँपालिका अध्यक्ष पद पक्का गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत ल्याए।
यहाँ एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत ल्याएका छन्। यो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही २८ सय ३४ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ भोट ल्याइन्। उपाध्यक्षमा एमालेकी गीता चन्दको पक्षमा १९ सय १८ मत मात्रै पर्यो।
दैलेखमा माओवादी शान्ति प्रक्रियामा आएपछिका सबै चुनावमा एमाले विजयी हुने गरेको थियो।
दैलेखमा माओवादीले कुनै चुनाव जित्न सकेको थिएन। यसअघि वडाअध्यक्षसमेत नजिकेको माओवादीले समाजवादीसँगको तालमेलपछि पहिलो पटक परिणाम आफ्नो पक्षमा पारेको छ।
३.अपिहिमाल
दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै विजयी भएका हुन्।
४.बाग्लुङको ताराखोला
बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी विजयी भएको छ। तारा खोलामा माओवादीका धन बहादुर वि.क विजयी भएका हुन्।
धनबहादुर विकाले २ हजार २८५ मत ल्याउँदा प्रतिस्पर्धी मगरले २ हाजर ९० मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा नेपाली कांग्रेसका भीम बहादुर रोक विजयी भएका छन्। अध्यक्षको प्रतिस्पर्धामा स्वतन्त्रबाट प्रकाश घर्ती मगर रहेका छन्।
एकीकृत समाजवादी
१. काइके
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध भएका थिए। उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए। २०७४ मा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
२.छर्का ताङसोङ
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निविरोध भएका थिए। २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए।