बर्षमान पुनको जिल्ला रोल्पाको थवाङमा माओवादीको शानदार जीत

राजनिति समाचार

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ ।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित हुनुभएको हो ।

बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०६मत आएको छ ।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित बन्नुभयो । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२मत ल्याई विजयी बन्नुभयो ।

उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत प्राप्त गर्नुभयो ।

थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए ।

सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं. २ मा अभिलाशा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवर्द्धन घर्तीमगरले विजय हासिल गर्नुभयो ।

वडा नं. ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गर्नुभएको थियो । यो जिल्ला नेकपा माओवादीका नेता बर्षमान पुनको जिल्ला हो ।

Leave a Reply

Your email address will not be published.