झन फराकिलो अग्रता लिँदै बालेन

समाचार

काठमाडौं । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । ७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । स्थापित शाहभन्दा झन्डै दोब्बरले मतले पछाडि परेका छन् ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले २ सय ८२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ८१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता बनाएकी छन् । उनले २ हजार ९ सय ५५ मत प्राप्त गरेकी छन्। गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ सय ५० मत प्राप्त गरेकी छन्।

बालेनले जित्ने/नजित्ने दावी गर्दै २८ किलोको खसी बाजी !

काठमाडौं । बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयरमा जित्ने÷नजित्ने दावी गर्दै दुई जनाले खसी बाजी राखेका छन्।

खोटाङको मझुवागढी नगरपालिका वडा नं ५ का विजय फुँयाल र सोही ठाउँमा बस्ने रमेश खड्काले कागज गरेर खसीको बाजी राखेका हुन्। उक्त कागज अहिले सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ।

उक्त कागजमा उल्लेख भए अनुसार काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेनले मेयर पदमा जिते रमेशले विजयलाई २८ किलोको खसी दिने र नजितेमा विजयले उक्त खसीको मूल्य बराबरको रकम दिने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published.