अरुणादेवी बनिन् गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला

राजनिति समाचार

१ जेठ, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भएकी छन् । उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन ।

अरुणादेवीले २८८१ मत ल्याउँदा एमालेका राईले २५७५ मत ल्याए । हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने महिलो महिलासमेत हुन् ।यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राईं २४९५ मत ल्याएर पराजित भए।

२०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।
जसले एक मतले जिते वडाध्यक्षगुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी भएका छन्।

रेशमराजले माओवादीएमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मतले पछाडि पारेर विजयी भएका हुन्।रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भने पराजित शोभाखरले ७५५ मत प्राप्त गरेका छन्।

यो पनि-पालिका चुनावमा निर्विरोध भएकासहित २४ पालिकाको नतिजा सार्वजनिक भएको छ । अग्रतामा नेपाली कांग्रेस अघि देखिएपनि १० वटा पालिकामा एमाले विजयी भएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले १ नगरपालिका सहित ८ वटा पालिका जित हासिल गरेको छ। नेकपा माओवादी केन्द्रले पनि ४ पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ।

Leave a Reply

Your email address will not be published.