यस्तो छ ‘चुनाव र श्रीपेच’ व्यवस्थापनको अन्तरसम्बन्ध !

समाचार

-अनुप अधिकारी-करीब ढाई वर्ष अघि(वि स २०७६)मा बिर गोर्खाली अनवरत तत्पर(ए.टी.फ) नामको युवा समुहले राजसंस्थाको पक्षमा गरेको र्यालीमा स्वतः स्फ्रुत रूपमा युवाहरुको संख्या बढ्दै गरेको घटनाले बाबुराम भट्टराई आत्तिएको र देश दुर्घटनामा जान लाग्यो भन्दै दुतावास एवं मिडिया धाएको सबैलाई स्मरण नै होला।

एक पछि अर्को तुच्छ, निकृष्ट धृष्टता गर्दै आएका दल नामका दलालहरुको झुण्ड देखि हैरान भएका नेपालीले “राजा आउ देश बचाउ”को नारामा झन् भन्दा झन् ठुलो आवाज उठाउन थालेका थिए। त्यस पछि राजालाई धेरै विदेशीका कारिन्दाले विभिन्न प्रस्ताव लिएर भेट्न जान थालेका थिए। आफुलाई गणतान्त्रिक नेपालको वैकल्पिक शक्ति भन्ने पत्रकार देखि नेपालमा इसाई अखडा बनाउने र माओवादीलाई पश्चिमाको सहयोग जुटाएर राजसंस्था हटाउने पश्चिमा एजेण्डामा देश-विदेश चहारेका पास्चरहरुले समेत राजसंस्थाको पक्षमा बक्न थालेका थिए।

त्यसको एक डेढ वर्षमा इण्डियन कुटनितिज्ञले, “नेपाललाई भुटानी मोडेलमा लैजान ढिलो भयो”, भन्दै किताब निकाल्दियो, जसको विमोचन उद्दण्ड-पाखण्डका पराकाष्ठाले गरेको सबैमा अवगत नै होला।

पहिले पहिले वास्ता नगरिने, राजाको धार्मिक यात्रा वा टिप्पणी वा संदेशहरुमा एकाएक धेरैको चाँसो बढ्न थालेको थियो। राजाको धार्मिक गतिविधि देखि संदेश-विज्ञप्ति जारि हुँदा, देश भित्रका गणतन्त्रका मतियारहरुको सात्तो उड्न थालेको अवस्था थियो। सामाजिक संजालमा देश-विदेशमा रहेका नेपालीले पहिलेको राजसंस्था र अहिलेको गणतन्त्रको तुलना गरेर सम्प्रेषण गर्ने पोस्टहरु व्यापक हुँदै गएको अवस्थामा, नेपाली नागरिकहरुमा राजसंस्था प्रतिको आकर्षण बढेको बारे गणतन्त्रका मालिकहरुलाई थाहा नहुने कुरै भएन।

राजसंस्था प्रति आएको जनलहरलाई सुम्सुम्याउन/बङ्ग्याउन(डाइभर्ट गर्न) नसकेमा जुनसुकै पल आन्दोलन र विद्रोह विस्फोट हुने अवस्था थियो। कट्टर कम्युनिष्ट भनिने मैनाली देखी चन्द, वैद्य एवं विजुक्छे सम्मका व्यक्तिहरु राजा भेट्न लालायित भएको माहोल निर्माण भै सकेको थियो। सिंहानुकसंग तुलना गरेर राजासंग मिलेर नयाँ क्रान्ति घट्ने चर्चाले पत्रिका देखि संजाल तातिन थालेको थियो। केहि समय अघि सम्म राजसंस्था र राजपरिवारलाई निकै गिराएर बोल्ने इण्डियन एम्बेसीले खटाएका डा. को पगरी भिरेका तप्का देखि रअका इसाई एजेण्टका स्वकीय चालकहरुले समेत अब त राजतन्त्र फर्किने नै भयो भनेर आफ्नो बोलीमा एकाएक चाकडीयुक्त मक्खन घसेर राजालाई सम्मान गरेर बोल्न थालेका थिए।

राजसंस्थाको समर्थनमा विभिन्न कलाकार र धर्मगुरुहरुलाई समेटेर गरिने कार्यक्रमहरुले सडक र संजाल तताउन थालेको थियो। भरत दाहालले २०६६ साल देखि उठाई रहेको कुराहरु सत्य सावित हुँदै आएको थियो। “नेपालको भूराजनीति मात्र होइन, इण्डो-एसियाली कडीको सन्तुलनको निम्ति नेपालमा राजसंस्था आवश्यक पर्छ, यदि त्यो हुन नसकेमा नेपाल विघटन तर्फ जाने छ”, भनेर उहाँले १२ वर्ष अघि देखि बताउँदै आएका ती विश्लेषणहरु सबै जनताले बुझ्ने अवस्था आइ सकेको थियो। “सबै दललाई विदेशीले चलाएको छ र विदेशीले दिने भूमिका अनुरुप नेपालका दलहरुले आफ्नो गतिविधि गर्छन्” भन्ने भरत दाहालको कथनलाई पहिले षड्यन्त्रको सिद्धान्त भनेर हाँस्नेहरुले पनि दोहोराउने र राजसंस्थाको माग गर्ने माहोल बनेको थियो। त्यो माहोललाई सेलाउने, गलाउने र भुलाउने प्रपन्च अघि बढ्दै छ। आजको लेखमा यो कुरा बताउने प्रयत्न गरिएको छ।

आजको लेख कसै प्रति विरोध वा कसै प्रतिको साथ् होइन। केवल, सचेत रहौँ भन्नको लागि हो।तिर-बाण थापा के थिए ?, कसको लागि काम गर्दै थिए ? “यो संविधान संसारको उत्कृष्ट संविधान” भन्ने वाक्य बोलेकोबाट सबैले बुझी सकेको अवस्था थियो। उपप्रधानमन्त्रि देखि संघियता हेर्ने मन्त्रि सम्म बनेका उनको नियत र उनलाई विदेशीले निभाउन दिएको भूमिकाबारे सबै नेपालीलाई स्पष्टता भएको थियो। नेपालमा राजसंस्थाको आवाजलाई थम्थमाउन र गुमराह गर्न उनले चर्चको पैसा खाएका सम्मको आरोपहरु कुनै विदेशीले लगानी नगरेका नेपालका वैकल्पिक मिडिया; युट्युब च्यानलहरुमा व्यापक हुन थालेको थियो। यस्तो भण्डाफोर र आरोपको कारण उनको पार्टीको साख खस्ने हुँदा समेत तिर-बाण थापाले कहिल्यै पनि भूल सुधार गर्न तर्फ ध्यान नदिएको सबैलाई थाहा नै छ। यस्तै कारणले उनको पार्टी प्रतिको वितृष्णा बढ्दै थियो भने, भरत दाहालको त्रिमूल नेपाल पार्टी लगायत अन्य नयाँ खुलेका दल एवं अभियानहरुमा नेपाली नागरिकहरु जोडिने क्रम बढ्दो थियो। यदि यी स्वच्छ छविका, खरिद/विक्री नहुने निष्ठावान देशभक्तहरुले अहिलेको व्यवस्था विरुद्ध बन्दै गएको जनमानसलाई नेतृत्व प्रदान गरेर जोड्न सकेमा विदेशीको पञ्जामा फसेको नेपालको राजनीति, नेपालीको माताहातमा आउने हुन्थ्यो। राजसंस्था यो शैलीमा फर्किएमा नेपालको एक मजबुत शक्तिकेन्द्र पुनः उदय हुने हुन्थ्यो। यो सबै रोक्नको निम्ति तिर-बाण थापाको बहिर्गमनसंगै एक सोझो सच्चा नेपाली अनुहारलाई थाह नै नदिई गोप्य शैलीमा मोहोरा बनाएर नेपालीलाई अल्मलाउने खेला चलेको भान हुञ्छ।

नेपाली नागरिकले आन्दोलन गर्न नसकून् र कुनै एक ठाउँमा लगेर यो जनलहरलाई फसाउन सकेमा नेपाली राजनीतिमा नेपालीको पकड बलियो बनाउने माहोल सौम्य हुने हुञ्छ। र यस पटक पनि निराशा सृजना भएमा राजसंस्था प्रतिको मुद्दा पनि सेलाउन सक्छ। अथवा राजसंस्थाको पुनर्स्थापना केहि समय धकेलिने र राजा ज्ञानेन्द्रको बुढेसकाल कुरेर बसेको ती तप्कालाई फेरी आफ्नो इच्छा अनुसार नेपाल नचाउन पाइने योजना अन्तर्गत खेल आरम्भ भएको त होइन ? कहिल्यै पनि मिडियाले फुटेज नदिने त्यो राजसंस्थाको मुद्दा बोकेको दलको अध्यक्षमा परिवर्तन भए लगत्तै सबै गणतन्त्रको लागि परिचालित मिडियाले एकाएक नयाँ अध्यक्षको भाषण, अन्तर्वार्तालाई धेरै समय दिनुले पनि त्यताबाट सोच्न वाध्य बनाउँछ। फ्री-तिब्बत आन्दोलनमा जुडेका देखि पश्चिमाको चर्च आइएनजीओमा जोडिएका व्यक्तिहरु पनि सो पार्टीमा एकाएक घुसेका छन्। अध्यक्ष फेरिन भन्दा एक दिन अघि सम्म कट्टर गणतन्त्रवादी रहेकाहरु अध्यक्ष फेरीए लगत्तै राजा ल्याउने भनेर त्याँहा घुसेका छन्। यसले नयाँ नेतृत्वलाई घेरावन्दीमा पार्ने र कमिटीको निर्णयमा नै अल्पमतमा पार्दिने र देशको पक्षमा काम गर्न नदिने पो हुन् कि भन्ने आशंका पनि सृजना हुञ्छ।

हामी चाहि अहिलेको चुनाव भनेको नै यो वाइबलिय, गणतान्त्रिक संविधान र व्यवस्थाको स्थायित्वको लागि गरिदै छ भन्ने कुरामा प्रष्ट छौँ। बर्तमानको गणतान्त्रिक व्यवस्था लगभग ढल्मलाई सकेको छ। यो संविधानलाई नेता, सेना देखि अदालतले नै मान्न छोडेको उदारहणहरु प्रसस्त छन्। सोझो, इमान्दार, देशभक्तलाई अध्यक्षमा पाउँदा उत्रिएका सर्वसाधारण नेपालीको त्यो विशाल जनलहरलाई साथमा लिएर आन्दोलन थालेमा यो व्यवस्था एक हप्तामा ढल्छ, यो संविधान पनि हट्छ। तर त्यो अवस्था आउन नदिनको लागि यो चुनावी खेलामा नेपाली भुलाउने दाउपेच त चालिएको होइन ?

राजालाई संसदले पियन सरह, “ला यसमा लालमोहर ठोक्”, भन्ने हैसियतमा राख्ने नियत सहित नेपाली जनतालाई अल्मलाउने योजना त बनेको छैन ? सबैलाई हेक्का रहोस्, त्यही लाल मोहर मात्र लगाउने पात्रको अवस्थामा राजाहरु रहँदा नै देशमा सबै राष्ट्रघाती सन्धि पारित भएका थिए। देशको पूर्वाधार, नदीनाला र उद्योग बेचिएका र रोकिएका थिए।

सन्धि-सम्झौता, नागरिकता, विदेश नीति र भ्रष्टाचारीहरुलाई सजाय सुनाउन पाउने(अख्तियार) यी चार मामिलामा पूर्ण अधिकार सहित राजसंस्था पुनः स्थापना गर्न सकेमा मात्र यो देशले केहि काँचुली फेर्ला। तर यो मुद्दालाई बोकेर कार्यन्वयन गर्छु भन्नेहरुले जनलहरसहित आन्दोलन गर्न पर्छ। किनकि अहिलेको चुनावी खेलामा त्यहि देशद्रोही, भ्रष्टाचारीहरु नै नेतृत्वमा आउने छन्। र एस्तो शैलीमा गरिने व्यवस्था परिवर्तनले नेपालीको अवस्था परिवर्तन हुने छैन। त्यहि भ्रष्टाचारीहरुले खेलाउने गुडियाको रूपमा राजालाई स्थापना गरेर नेपालीको मन बहलिने होइन, बरु झन् ठुलो मानसिक पिडा थप्ने छ। तर माथि उल्लेखित चार मामिलामा पूर्ण अधिकार रहने भनेर हालसम्म नयाँ अध्यक्षको एजेण्डामा पनि देखिएको छैन।

वास्तवमा देशले चुनाव होइन आन्दोलन मागेको छ। आशा त सारा देशको नयाँ अध्यक्ष माथि नै छ। तर उनलाई घेरी सकेको छन्। त्यसैले, उनको एकल निर्णय त पक्कै चल्ने पनि होइन होला। यस पटक पनि नेपालीको मनोविज्ञानमा निराशा प्रहार गर्ने कुरामा विदेशी सफल भयो भने, नेपालीहरुको सह डुब्ने छ। नेपालीको त्यस पछिको मनोविज्ञान के हुने होला ? त्यो सोचेर मन आत्तिएको छ। त्यसैले सचेतना स्वरूप यो आलेख प्रस्तुत गरिएको हो।“नयाँ अध्यक्षलाई राजाले बोकेको छन्”, भन्ने प्रोपोगान्डा सहित तिर-बाण थापाले पार्टी छोडेका हुन्। अरु थापाका पकेटका मान्छे र पुरानो महाकाली सन्धिको लेगेसी(विरासत) बोकेका तप्का, सबै त्यहि पार्टीको निर्णायक भूमिकामा छन्। यसको कारण आगामी दिनमा घटाइन सक्ने यी घटना प्रति मन सशंकित भएको छ।

१) मदन भण्डारी डिजाइन: इकोनोमिक हिट्म्यानहरुले आफ्नो काम सम्पन्न गरि सकेको अवस्थामा उदारवाद बोकेर हिड्ने हो भने, नेपाल स्वतः सक्किने छ। त्यो रोक्ने प्रयास गरिएमा अप्रिय, अनिष्ट घटना घटाउनमा विदेशी शक्ति अघि बढ्ने कुरामा कुनै शंका छैन। किनकि, नेपालको राजनीति बुझेकाले ईतिहास हेरेमा सबै कुरा प्रष्ट छ ।

२) पार्टी फुटाइ: एजेण्डा फेरेर माथिका ४ मामिलामा र उदारवाद फेर्ने गरि पार्टी अघि बढेमा त्यसमा घुसेका भिड बराल्न सक्नेहरुले पार्टी फुटाउने छन्। वा अध्यक्षलाई अल्पमतमा पारेर बद्नाम गर्दिने छन्।

३) सरकारमा बस्न गणत्रन्त्रवादीसंग साठ-गाठ: जसको कारण अहिलेको संविधान अझ पाको र अहिलेको व्यवस्था अझ बलियो हुने र नेपालीहरुमा निराशाको चरम उत्कर्ष सृजना हुने छ।

४) नेपालीको मनोविज्ञान पूर्ण रूपमा विक्षिप्त हुने । त्यस पछिको अवस्था कल्पना गर्न पनि मन आतिञ्छ।

५) सबै दलहरु बद्नाम भएको अवस्था छ? वा अब दलको सट्टामा स्वतन्त्र मुहारहरुलाई प्रयोग गरेर आफ्नो अभिष्ट पुरा होला ? भन्ने नयाँ प्रयोगको सर्वेक्षणको लागि गरिएको यो चुनाव पछि, अपनाउन पर्ने नयाँ रणनीतिबारे विदेशी अघि बढ्ने छन् ।

एति कुरा बुझ्ने, मनन गर्ने क्षमता सबैमा पलाओस्। नयाँ अध्यक्षलाई यी कुरा बेलैमा बुझेर आन्दोलनको नेतृत्व गर्ने भूमिका र जनलहरको सदुपयोग गर्न सक्ने क्षमता भगवान पशुपतिनाथ र नेपाल रक्षक गरू गोरखनाथले प्रदान गरुन्।

जय शिवगौरी। जय जय काली, जय जय गोरख्।

Leave a Reply

Your email address will not be published.