बर्षाैं देखिको माओवादी केन्द्रको लालकिल्ला तोड्दै काङ्ग्रेस

राजनिति

बर्दिया गेरुवा गाउँपालिकामा नेपाली कांग्रेसले खाता खोलेकाे छ। नेकपा माओवादी केन्द्रको लालकिल्ला तोड्दै गेरुवा-६ मा नेपाली काङ्ग्रेसकाे कृष्णगोपाल चौधरीले ११३८ मत सहित अध्यक्षमा बिजय हुनुभएकाे हाे।

नेपाली काङ्ग्रेसकाे प्यानल सहित बिजय भएको छ। चाैधरीले अध्यक्ष पदमा ३३४ मत को अन्तर ले नेकपा माओवादी केन्द्रका अध्यक्षमा उम्मेदरवार राजेन्द्र चौधरीलाई पछि पार्नु भएको हाे। अहिले गेरुवाको केन्द्र पशुपतिनगरमा बिजय जुलुस मनाइदै छ।

बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले वडा अध्यक्षमा खाता खोलेको छ ।

बाँसगढी नगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका जयराज पाण्डेसहित उनको पुरै प्यानलै विजयी भएको हो ।

वडा नं १ मा जम्मा १ हजार २ सय ६० मत खसेको थियो । त्यस मध्ये ६ सय १५ मत ल्याएर पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन बहादुर बुढालाई ३ मतको अन्तरले हराएर विजयी भएका हुन् ।

पहिलो स्थानीय तह निर्वाचनमा पनि बाँसगढी नगरपालिका वडा नं १ बाट पाण्डे वडाध्यक्ष पदमै निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.