भरतपुरमा रेनुलाई पछाडि पार्दै विजय सुवेदी अगाडि

राजनिति

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु झिनो मतले अगाडि थिइन्, तर सुवेदीले मतान्तर घटाउँदै लगे र साँझ अग्रता कायम गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत पाएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उम्मेदवार रेनु दाहाललाई छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

जित्ने मै हो, बालेन तेस्रो हुन्छन् : केशव स्थापित-काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।

जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ।

गणनामा पछि परे पनि नेकपा एमाले उम्मेदवार केशव स्थापितले आफैंले जित्ने दाबी गरेका छन्।

स्थापितले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताएका छन् ।

जित्ने आफूनै भएको स्थापितको दावी छ । साथै उनले बालेन तेस्रो हुने ठोकुवा समेत गरेका छन् ।

स्थापितले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.