काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।
जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ।
गणनामा पछि परे पनि नेकपा एमाले उम्मेदवार केशव स्थापितले आफैंले जित्ने दाबी गरेका छन्।
स्थापितले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताएका छन् ।
जित्ने आफूनै भएको स्थापितको दावी छ । साथै उनले बालेन तेस्रो हुने ठोकुवा समेत गरेका छन् ।
स्थापितले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताएका छन् ।
भरतपुरमा विजयभन्दा मात्रै २ मतले रेणु अगाडि-काठमाडौं । भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालकाे अग्रताकाे अन्तर दुई मतमा झरेकाे छ ।
अहिलेसम्म ६ हजार ६ सय ७७ मतगणना हुँदा दाहालले दुई हजार चार सय २५ मत प्राप्त गर्नुभएकाे छ । उहाँकाे प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले दुई हजार चार सय २३ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै स्वतन्त्र उम्मेदवार सात सय ९५ मत ल्याउँदै तेस्राे नम्बरमा हुनुहुन्छ ।
यो पनि, काठमाडौं महानगरपालिकाको पछिल्लो आधिकारिक मत अपडेट प्राप्त भएको छ। जहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
अहिलेसम्मको परिणाम अनुसार मत विवरण यसप्रकार छःबालेन शाहरस्वतन्त्र : ३४१०,केशव स्थापितरएमाले : १६९४
सिर्जना सिंहरकांग्रेस : १६२०,मतगणना जारी छ।