केशव र सिर्जनाको मत जोड्दा पनि बालेनकै मत धेरै

राजनिति

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्।पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। यो मत एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको संयुक्त मतभन्दा धेरै हो।

बालेनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले २१४८ मत ल्याएर पछ्याइरहेका हुन्।गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १९३४ मत पाएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ। छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्।वडा नम्बर ३१ को मतगणना आज सुरू भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगेका छन् ।२५६३ औँ बुद्ध जयन्तीको अवसरमा जेठ २ गते लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनदेउवा बुद्ध जन्मस्थल लुम्बिनी पुगेका हुन ।

देउवा आज लुम्बिनी बस्नेछन् भने भोलि बिहान ७ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवा आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

यस्तै सोमबार लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि देउवा आइतबार साँझ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै लुम्बिनी पुगेका हुन् ।

लुम्बिनीमा बुद्ध पूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि प्रधानमन्त्री देउवा, पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसहितको टोली लुम्बिनी पुगेको हो ।

Leave a Reply

Your email address will not be published.