काठमाडौंमा बालेनको सुरुवाती अग्रता कायमै

राजनिति

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ ।

बालेनले ४ हजार १३९ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २ हजार १४८ मत प्राप्त गर्नुभएको छ ।उहाँले दोस्रो स्थानमा रहेका मेयरका उम्मेदवार स्थापितको भन्दा झण्डै दोब्बर मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भने तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले १ हजार ९३४ मत प्राप्त गर्नुभएको छ ।

अहिले मत गणना भइरहेका वडामा बालेनकै अग्रता रहेको छ ।

राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।अहिले मत गणना भइरहेका वडामा बालेनकै अग्रता रहेको छ ।राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

भरतपुरमा रेनुलाई पछाडि पार्दै विजय सुवेदी अगाडि-चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु झिनो मतले अगाडि थिइन्, तर सुवेदीले मतान्तर घटाउँदै लगे र साँझ अग्रता कायम गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत पाएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उम्मेदवार रेनु दाहाललाई छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

Leave a Reply

Your email address will not be published.