बालेन साहले काठमाडौं महानगरमा अग्रता बढाउँदै गर्दा अब कुन पार्टी रोज्ने बारे खुलासा गरे

राजनिति

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) निरन्तर अगाडि बढिरहनुभएको छ ।

मत बढिरहेका बेला स्वतन्त्र युवा उम्मेदवार बालेन आइतबार भक्तपुर पुग्नुभयो ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर मतगणना अनुसार अग्रता हासिल गर्दै आउनुभएका उहाँ बिहान भक्तपुर पुग्नुभएको हो ।

त्यहाँ पुगेर उहाँले आफ्नो मनपर्ने राजनीतिक दलबारे पनि खुलेरै बोल्नुभयो । उहाँ भक्तपुर नगरपालिका २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुग्नुभयो ।

भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट उहाँ धेरै प्रभावित हुनुहुन्छ ।

सोही कारण उहाँ भक्तपुर पुगेको आशंका गरिएको छ । आफूले कुनै पार्टी रोज्नुपर्दा कुन पार्टी रोज्नुहुन्छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले नेपाल मजदुर किसान पार्टी रोज्ने बताउनुभयो ।

साथै उहाँले नेपाल मजदुर किसान पार्टीले जितको भक्तपुर नगरपालिका उदाहरणीय नगरपालिका भएको पनि बताउँदै आउनुभएको छ ।

आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published.