ओलीको गृहनगर दमकमा राप्रपाले जित्ने संकेत, अग्रता बढाए

राजनिति समाचार

काठमाडौ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राम थापाले जित्न सक्ने संकेत देखिएको छ ।

गठबन्धनको तर्फका उम्मेदवार थापाको निरन्तर अग्रता कायमै छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले ३७ सय २९ मतसहित अग्रता कायम राख्नुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२ सय ७२ मत ल्याउनुभएको छ ।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी रेगिना भट्टराईले अग्रता कायम राख्नुभएको छ ।

उहाँले ३१ सय ३९ मत ल्याउँदा एमालेका अम्बिकाप्रसाद खनालले २९ सय २ मत प्राप्त गर्नुभएको छ ।

दमक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो। यहाँ ६ दलीय गठबन्धनबीच चुनावी तालमेल रहेको छ।

यसअघि दमकमा एमालेका रामनाथ ओली मेयरमा विजयी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.