६ महानगरमा को अगाडि, कस्ले पछ्याउदै ?

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । हालसम्म बालेनले ५४४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २९५२ मत पाएका छन् ।

उता ललितपुरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन् । महर्जनको ३१३७ रहेको छ भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले १३२७ का साथ पछ्याइरहेका छन् ।यस्तै भरतपुरमा एमालेका विजय सुवेदी अगाडि छन् । उनको ३३२४ छ भने माओवादीकी रेणु दाहालको ३३०६ रहेको छ ।

उता पोखरामा एकिकृत समाजवादीका धनराज आचार्य ३४६५ का साथ अगाडि छन् भने एमालेका कृष्णबहादुर थापा ३१०८ लिएर दोस्रो छन् । वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंह २८३२ लिएर अगाडि छन् भने एमालेका विजयकुमार सरावगी १२८६ संगै पछ्याइरहेका छन् ।

यस्तै विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस नागेश कोइराला ४२७० का साथ अगाडि छन् भने एमालेका सागरकुमार थापा ३०७६ लिएर पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.