काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साह र केशव स्थापितबीचको मतान्तर थप बढेको छ ।
काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका बालेन शाह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितबीचको मतान्तर अझै बढेको हो ।
बालेनले अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ । एमालेका स्थापितसँग बालेनले २ हजार १०१ मतको मतान्तर कायम राख्नु भएको छ ।
यसअघि २ हजार २२ मतले अगाडि रहनु भएका बालेनले थप ७९ मतको मतान्तर बढाउनुभयो ।
कुल ११ हजार ४४४ मत गणना हुँदा साहले ४ हजार ४०४ मत प्राप्त गर्नुभयो भने स्थापितले २ हजार ३०३ मात्र मत पाउनु भएको छ ।
कांग्रेसको तर्फबाट उम्मेदवार सिर्जना सिंहले २ हजार ७० मत प्राप्त गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबारदेखि महानगरको ७ ठाउँबाट मतगणना हुँदैछ । अहिले पनि मतगणना जारी राखिएको छ ।