भरतपुरमा रातारात चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !

Uncategorized

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् ।

सोमबार विहान साढे ३ बजेसम्म भरतपुर महानगरको ८ हजार ५ सय ९१ मत गन्दा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् भने दाहालले ३ हजार ४६ मत ल्याएकी छिन् ।

यसअघि दाहालले १ र २ वडामा मत गन्दा झिनो मतले अग्रता बनाएता पनि ३ नम्बर वडामा सुवेदी अगाडि आएका हुन् ।भरतपुर महानगरमा स्वतन्त्र उठेका जग्गनाथ पौडेलले पनि १ हजार मत कटाएका छन् । उनले १ हजार ३७ मत ल्याएका छन् ।

यस्तै भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ३ सय १ मत सहित अगाडि छन भने एमालेको समर्थनमा उठेकी राप्रपाकी हिमला गुरुङको मत २ हजार ४ सय ५ मात्रै आएको छ ।

बागलुङको तमानखोलामा एकीकृत समाजवादीका उम्मेदवारको एक भोट !-तमानखोला गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो ।

उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.